काठमाडौँ, २९ जेठ- राजपाले दोस्रो चरणको स्थानीय तहको निर्वाचन बिथोल्ने गरी आन्दोलनको घोषणा गरेको छ, नयाँ पत्रिकामा खबर छ । आइतबार पत्रकार सम्मेलन गरी राजपाले १४ असारको मतदानलाई प्रभाव पार्ने गरी १० असारदेखि अनिश्चितकालीन आमहडताल आह्वान गरेको छ । २ असारको मनोनयन दर्ता गर्ने दिन लिम्बुवान, मधेस र थरुहट क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । संविधान संशोधन र स्थानीय तहको संख्या थप नगरेसम्म निर्वाचनमा सहभागी नहुने उसको अडान छ ।
आन्दोलन कार्यक्रम —१० असारदेखि अनिश्चितकालीन आमहडताल
—९ असारमा सबै जिल्लामा मसाल जुलुस
—८ असारमा मोटरसाइकल र्याली
—६ असारदेखि १४ सबै प्रकारका निर्वाचन कार्यक्रम अवरुद्ध गर्ने
—५ असारमा लाठी जुलुस
—३ र ४ असारमा सहिदको तस्बिर प्रदर्शन गर्ने
—२ असारमा स्थानीय तहको कार्यालयमा तालाबन्दी
—१ असारमा विरोध प्रदर्शन
—३० जेठदेखि २ असारसम्म लिम्बुवान, थरुहट र मधेस बन्द
—२९ जेठ मसाल जुलुस