
पछिल्लो २४ घन्टामा ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीवार ९ सय ३१ जनामा एन्टिजेन पोजेटिभ र ३ हजार ७ जनामा पीसीआर पोजेटिभ पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै मुलुकभर ७ लाख ७३ हजार ८ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार बिहीवार २ हजार १२ संक्रमित निको भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ६ लाख ६३ हजार ६ सय ६३ पुगेको छ ।
बिहीवार ३७ जना संक्रमितको मृत्यु भएको छ ।
यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ९ सय ९४ पुगेको छ ।
हाल मुलुकभर ३४ हजार ४ सय २२ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ सय १३ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।