२१ जेठ २०८३, बिहीबार

गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

साउन २१, २०७८
गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा
प्रतिकात्मक तस्वीर

सप्तरीको कञ्चनरूप नगरपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

विश्व स्तनपान सप्ताहको अवसरमा नगरपालिका बहुक्षेत्रीय पोषण इकाइद्वारा आधारभूत विद्यालय बरमझियामा आयोजित ‘सुनौलो हजार दिनको आमाहरूलाई पोषण झोला वितरण’ समारोहमा नगर प्रमुख वसन्तकुमार मिश्रले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

सप्तरी जिल्लाको पहिलो खुला दिशामुक्त र पूर्ण खोप सुनिश्चित नगर घोषित कञ्चनरुप नगरपालिका जिल्लाको एक मात्र तथा २ नम्बर प्रदेशको पहिलो र नेपालको तेस्रो बालमैत्री नगरपालिका हो ।

नगर प्रमुख मिश्रले कञ्चनरूपलाई अब कुपोषणमुक्त नगर घोषणा गर्ने ढंगले काम अगाडि बढाइएको बताए ।

कार्यक्रममा स्वास्थ्य शाखा कञ्चनरूपले गर्भवती र सुत्केरी महिलालाई क्याल्सियम र फोलिक एसिड चक्की वितरण गरेको छ । गर्भावस्थामा स्वास्थ्य चेकजाँच, आइरन चक्कीदेखि क्याल्सियम र फोलिक एसिड चक्की निःशुल्क वितरण भइरहेकोमा अबदेखि गर्भवतीलाई कुनै पनि स्वास्थ्य संस्थामा जानु पर्दाको एम्बुलेन्स भाडा नलाग्ने नगर प्रमुख मिश्रले घोषणा गरे । यसका लागि एउटा एम्बुलेन्स नियमित रूपमा बरमझियामा रहने पनि उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्