२० असार २०८३, शनिबार

मंसिरसम्ममा दुई लाख कोरोना संक्रमित थपिन सक्ने

साउन २२, २०७८
मंसिरसम्ममा दुई लाख कोरोना संक्रमित थपिन सक्ने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो मङ्सिरसम्म एक लाख ९३ हजार ८५६ जना कोरोना सङ्क्रमित थपिने प्रक्षेपण गरेको छ ।

 प्रतिनिधि  सभाअन्तर्गतको  शिक्षा  तथा  स्वास्थ्य  समितिमा  बिहीबार  स्वास्थ्य  मन्त्रालयको  नीति,  योजना  तथा  अनुगमन  महाशाखाका  प्रमुख  डा. गुणराज लोहनीले सो प्रक्षेपण प्रस्तुत गरेका हुन् ।

  नयाँ सङ्क्रमितमध्ये ३८ हजार ७७१ जनालाई अस्पतालमा भर्ना गर्नुपर्ने प्रक्षेपण गरिएको छ । स्वास्थ्य  मन्त्रालयका  प्रवक्ता  डा.  कृष्णप्रसाद  पौडेलले  तीमध्ये  नौ  हजार  ६९३  जनालाई  सघन  उपचार  कक्ष  (आईसीयू)को  आवश्यकता  हुनसक्ने बताए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्