२१ जेठ २०८३, बिहीबार

डा एन्टोनी फाउची भन्छन्– कोरोनाको डेल्टाभन्दा खतरनाक भेरिएन्ट आउँदै

साउन २२, २०७८
डा एन्टोनी फाउची भन्छन्– कोरोनाको डेल्टाभन्दा खतरनाक भेरिएन्ट आउँदै

अमेरिकाका राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डा एन्टोनी फाउचीले कोरोनाभाइरसको डेल्टा भेरिएन्ट द्रुत गतिमा अघि बढिरहेको र यसपछि आउने भेरिएन्ट झनै खतरनाक हुने बताएका छन् । 

उनले भने, ‘अमेरिकामा अहिले कोभिड–१९ कोे वृद्धि यही गतिमा अघि बढ्ने हो भने भाइरसको यसभन्दा खतरनाक स्ट्रेनको सामना गर्नुपर्ने हुन्छ । त्यस स्ट्रेनले अहिलेका खोपहरूलाई पनि छल्नेछ ।’

भाइरसविरुद्धको खोप नलगाएका करोडौं अमेरिकीहरूलाई तत्कालै खोप लगाउनुको महत्त्व फाउचीको टिप्पणीले उजागर गरेको छ । 

धेरै मानिसले खोप नलगाएकाले गर्दा अमेरिका भयावह स्थितिमा फस्न लागेको फाउचीको भनाइ छ । 

फाउचीका अनुसार, ९ करोड ३० लाख मानिसले खोप लगाउनका लागि योग्यता भए पनि खोप नलगाएकाले भाइरस संक्रमण बढिरहेको छ ।

उनले भने, ‘केही महिनाअघि दिनको १० हजार केस आइरहेका थिए । अब केही समयमा दैनिक एक लाखदेखि दुई लाख केस देखिनेछन् ।’

salt training

कमेन्ट गर्नुहोस्