२८ जेठ २०८३, बिहीबार

सभामुख सापकोटा र ऊर्जामन्त्री भुसालबीच मौसमजन्य विपत्तिबारे छलफल

सभामुख सापकोटा र ऊर्जामन्त्री भुसालबीच मौसमजन्य विपत्तिबारे छलफल

सभामुख अग्नि सापकोटा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालबीच आज छलफल भएको छ । 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफल सदनलाई प्रभावकारी बनाउनेलगायत विषयमा केन्द्रित थियो ।  

सभामुख सापकोटा र मन्त्री भुसालबीच मौसमजन्य विपत्तिले देशभरका नदी तटीय क्षेत्रमा भएको क्षति र नदी कटान नियन्त्रणका विषयमा कुराकानी भएको छ । 

मनसुन सुरु भएलगत्तै सिन्धुपाल्चोक, मनाङलगायतका जिल्लामा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ । 

मनसुन जारी रहेकाले  सिन्धुपाल्चोकलगायतका बाढी प्रभावित जिल्लामा नदी कटान नियन्त्रणका लागि सरकारी प्राथमिकताका विषयमा पनि छलफल भएको छ ।

सिन्धुपाल्चोकका मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोशी नदी तटीय क्षेत्रमा बसोबास गर्ने ठूलो जनसंख्या यस वर्षको अप्रत्याशित बाढी पहिरोका कारण विस्थापित भएको छ । 

सभामुख सापकोटाले संसद्को चालु अधिवेशनलाई गतिशील बनाउने सम्बन्धमा यसअघि गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’सँग छलफल गरिसकेका छन् । 

सभामुख र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच पनि यसै विषयमा नियमित छलफल हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्