२१ जेठ २०८३, बिहीबार
एमाले विवाद

एकताका लागि माधव नेपाल पक्षको शर्त– ओलीले आत्मालोचनासहित माफी माग्नुपर्छ

एकताका लागि माधव नेपाल पक्षको शर्त– ओलीले आत्मालोचनासहित माफी माग्नुपर्छ

नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचनासहित माफी माग्नुपर्ने शर्त राखेको छ ।

दुई पटकसम्म प्रतिनिधि सभा विघटन गरेर संविधानमाथि घात गरेकाले ओलीले जनतासँग माफी माग्नुपर्ने नेपाल पक्षको माग छ । 

काठमाडौंमा बिहीवार र शुक्रवार बसेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा बहुसंख्यक केन्द्रीय सदस्यहरूले ओलीले आत्मलोचना गरे मात्र एकता हुने बताएका हुन् । सदस्यहरूले पार्टी एकता सम्मानजनक हुनुपर्ने धारणा राखेका थिए । 

‘पार्टी एकता सम्मानजनक हुनुपर्ने विषयमा केन्द्रीय सदस्यहरूको एक स्वर छ,’ केन्द्रीय सदस्य चुडामणि जंगलीले लोकान्तरसँग भने, ‘पटक–पटक असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरेर संविधान र जनताप्रति घात गरेकाले आत्मालोचनासहित माफी माग्नु पर्छ ।’

बैठकले यही प्रस्ताव पारित गर्ने सदस्य विश्वकर्माले दाबी गरे ।  

ओलीले माफी नमागे पार्टीले भए पनि माफी माग्नुपर्ने धारणा धेरैले राखेको जंगलीले बताए । बिहीवार र शुक्रवार गरी ५५ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । 

केन्द्रीय कमिटी बैठक रोकेर स्थायी कमिटी बैठक बसिरहेको अर्का सदस्य मेटमणि चौधरीले जानकारी दिए । स्थायी कमिटीले प्रस्ताव तयार गरेर केन्द्रीय समितिमा लैजाने तयारी छ । 

बिहीवारको बैठकले विधान अधिवेशन र सदस्यता नवीकरणको तयारी रोक्न संस्थापन पक्षसँग माग गरेको थियो । 

माधव नेपाल पक्षको सो माग संस्थापन पक्षले भने अस्वीकार गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्