×

NMB BANK
NIC ASIA

टोकियो प्यारालिम्पिक्सको तयारीमा पलेशा : क्लोज क्याम्पमा बगाउँदै पसिना, पदकको आशा [भिडियो]

साउन २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

जापानको टोकियोमा २४ अगस्टदेखि ५ सेप्टेम्बर २०२१ सम्म अपाङ्गता भएका व्यक्तिहरूको 'प्यारालिम्पिक गेम्स' आयोजना हुँदैछ । त्यसमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्द्धनले पनि प्रतिस्पर्धा गर्दैछिन् ।

Muktinath Bank

उनले के ४४ अन्तर्गत ५८ केजीमुनि प्रतिस्पर्धा गर्नेछिन् । पलेशाको साथमा टोकियो जाने प्रशिक्षक कविराज नेगी लामा र पलेशा गोबर्द्धनसँग गरिएको कुराकानी :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१) प्यारालिम्पिक खेलमा सहभागिता जनाउन पाउँदा कस्तो अनुभव हुँदैछ?


Advertisment
Nabil box
Kumari

पहिलोपटक जापानमा हुने प्यारालिम्पिक गेम्समा सहभागिता जनाउन पाउँदा धेरै नै खुशी लागिरहेको छ। मैले त सोचेको पनि थिइनँ कि यो खेलका लागि म सेलेक्ट हुन्छु भनेर । मैले अहिले एकदमै मेहनत गर्दैछु । एकदमै एक्साइटेड छु ।

Vianet communication
Laxmi Bank

२) कस्तो तयारी गरिरहनुभएको छ?तयारी गर्ने समय त धेरै पाउनुभएको जस्तो लागेन ।

अहिले हामी क्लोज क्याम्पमा छौं । तालिका मिलाएर तालिम गर्दैछु । हामी टीममा बसेर अनि साफ खेलमा जितेका राष्ट्रिय खेलाडीहरूसँगै मिलेर तालिम गर्दैछौं । तयारी राम्रो गर्दैछौं।

हामीले अगाडिदेखि नै तालिम गर्दै आएकाले प्रशस्त समय नभएर खासै फरक पर्दैन किनभने हामी यही खेलका लागि भनेर धेरै पहिलेदेखि नै ट्रेनिङमा थियौं । म उच्च मनोबलका साथ तयारी गर्दैछु । आशा छ, मैले पदक ल्याउनेछु ।  

३) कसको प्रेरणाले गर्दा तेक्वान्दो खेलमा लाग्न हौसला मिल्यो?किन तेक्वान्दोमा लाग्नुभयो?

तेक्वान्दो मैले स्कूलदेखि नै खेल्न थालेको हुँ । मेरो स्कूलको करिकुलममा नै यो खेल थियो । तर मलाई प्यारातेक्वान्दो भन्ने थाहा थिएन । मलाई स्कूलको कोचले प्यारातेक्वान्दोको बारेमा जानकारी दिनुभयो र म खेल्न थाले त्यसपछि स्कूलमा खेल्दाखेल्दै मलाई राष्ट्रिय प्यारातेक्वान्दो टीमबाट बोलाउनुभयो र म सेलेक्ट भएँ । त्यहाँदेखिनै मेरो यात्रा शुरू भयो । सो म अहिले सबैजना जसले मलाई यसमा लाग्न हौसला दिनुभयो उहाँहरूलाई धन्यवाद दिन चाहन्छु।

४) प्रशिक्षक तथा खेल पदाधिकारीबाट कस्तो सहयोग पाउनुभएको छ?

नेपाल तेक्वान्दो एसोसियसन र नेपाल पारा कमिटीलाई म धेरै धन्यवाद दिन चाहन्छु जसले हाम्रो ट्रेनिङदेखि बस्ने व्यवस्था सबै मिलाएको छ हामीले तालिम गर्ने हलमा पनि सेन्सर सिस्टम बनाएको छ ।

डाक्टर, फिजियोथेरापिस्ट, योगा, जिम सबै मिलाएकोमा म वहाँहरूलाई धेरै धन्यवाद दिन चाहन्छु । म मेरो कोच कविराज नेगी लामा, ओलम्पीयन दीपक विष्ट सर कोरियन गुरू जसले मलाई हौसला र साथ दिनुभयो, उहाँहरू सबैलाई धेरै-धेरै धन्यवाद दिन चाहन्छु ।   

कोच कविराज नेगी लामा यसो भन्छन्,प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्द्धनको बारेमा:

नेपाल तेक्वान्दो एसोसिएसन र नेपाल प्याराकमिटीले प्यारालिम्पिक गेम्सका लागि सबै व्यवस्था मिलाएको छ, जसमा ट्रेनिङदेखि बस्ने व्यवस्था, डाक्टर, फिजियोथेरापिस्ट, योगा, जिम सबै मिलाएको छ। जसका लागि पलेशा गोबर्द्धनले गरेको मेहनत हामीले २०१६ देखि हेर्दै आएका छौं, जसअन्तर्गत उनले धेरैपटक विदेशमा गएर प्रतिस्पर्धा गरिसकेकी छन् ।

जसअन्तर्गत कोरिया, भियतनाम, फिलिपिन्स, जापान, टर्कीलगायत देशहरूमा प्रतिस्पर्धा गरिसकेकी छिन्, जसमा फिलिपिन्सबाट पदक समेत ल्याउन सफल भैसकेकी छिन् । विश्व र्‍याङ्कमा पनि उनी १३औं स्थानमा छिन् । उनले पदक ल्याउनेमा हामी आशावादी छौं । अहिले उनको खेलस्तरमा पनि उलेख्य प्रगति भएको छ। 

हामीले तालिममा कुनै कमी गरेका छैनौं । सबै सुविधा सम्पन्न तबरले आधुनिक प्रविधि अपनाएर तालिमको व्यवस्था मिलाएका छौं । दिनको तीनपटक समय तालिका अपनाएर तालिमको व्यवस्था मिलाएका छौं। हामी पदक ल्याउने कुरामा आशावादी छौं ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x