२१ जेठ २०८३, बिहीबार

आईएमई लाइफ इन्स्योरेन्सले भुक्तानी गर्‍यो बीमा दावीबापतको १ करोड

आईएमई लाइफ इन्स्योरेन्सले भुक्तानी गर्‍यो बीमा दावीबापतको १ करोड

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमित सूर्य बहादुर खड्काको मृत्यु बापत एक करोड बीमाङ्क रकम बराबरको रकम भुक्तानी गरेको छ ।

कम्पनीको प्रदेश नं. १ स्थित शाखा कार्यालय गाईघाटबाट २०७६ असार ३१ मा जीवन बीमा गरेका बीमितको गत असार १५ गते उपचारका क्रममा ललितपुर भैंसेपाटी स्थित नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो । 

उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले एक कार्यक्रम आयोजना गरी बीमितले इच्छाएको व्यक्ति उनकी पत्नी सिर्जना खड्कालाई हस्तान्तरण गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्