०४ साउन २०८३, सोमबार

प्रभु बैंकले सञ्चालन ल्यायो मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा

प्रभु बैंकले सञ्चालन ल्यायो मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा

प्रभु बैंक लिमिटेडले अब मेशिन क्यास रिसाइकल मेसिन (सीआरएम)बाट आफुले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।  

यो सेवा सञ्चालनमा आएसँगै नगद जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै श–शरिर भौतिक रुपमा उपस्थित हुनु पर्ने बाध्यता अन्त्य भएको बैंकले जनाएको छ । 

शुक्रवारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको मेशिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ ।

यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंकको योजना रहेको बताइएको छ । 

मेशिनबाट बैंक खातामा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेशिनमा गई आफुले रकम जम्मा गर्न चाहेको बैंक खाता नं. टाइप गर्ना साथै उक्त मेशिनमा रकम जम्मा/राख्ने बक्स खुल्छ । उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखे पछि तत्कालै  उल्लेखित खातामा रकम जम्मा हुन्छ र सो को रिसिप्ट/भौचर प्रिन्ट हुन्छ । 

साथै, उक्त मेशिनबाट डेबिट/क्रेडिट कार्डको माध्यमबाट समेत आफुले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधा समेत रहेको छ । प्रभु बैंक लि. बाट सञ्चालनमा ल्याइएको मेशिनबाट रकम जम्मा गर्ने सुविधा हालको लागि प्रभु बैंकमा खाता हुने ग्राहकहरुको लागि मात्र उपलब्ध हुनेछ । 

नेपाल इलेक्ट्रोलिन्क पेमेन्ट सिस्टम (नेप्स)सँग आवश्यक सहकार्य गरी प्रभु बैंक बाहेक अन्य बैंकमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यबस्था मिलाइने बैंकले जनाएको छ । 

प्रभु बैंकले औपचारिक रुपमा आज देखि सञ्चालनमा ल्याएको मेशिनबाट बैंक खातामा रकम जम्मा गर्न मिल्ने सुविधा उपभोग गरी रकम जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै जानु पर्ने बाध्यता हट्नेछ ।


 

salt training

कमेन्ट गर्नुहोस्