२१ जेठ २०८३, बिहीबार

विराटनगर महानगरपालिकामा नगर प्रहरीको कार्यकक्षमा दिउँसै जुवातास

विराटनगर महानगरपालिकामा नगर प्रहरीको कार्यकक्षमा दिउँसै जुवातास
प्रतिकात्मक तस्वीर

सरकारी कार्यालयभित्र जुवातास खेल्न, मद्यपान र धुम्रपान प्रयोग गर्नेजस्ता गतिविधि गर्न पाइँदैन तर मोरङको विराटनगर महानगरपालिका कार्यालयभित्र दिउँसै जुवातास खेल्ने गरेको पाइएको छ ।

कार्यालय समयमा हाफ पाइन्ट र भेस्ट लगाएका केही व्यक्ति तास खेलिरहेका देखिए भने केही रमिता हेरिरहेका थिए । दर्शकसहित तास खेलिरहँदा महानगर प्रशासन मौन थियो ।

नगर प्रमुख बस्ने भवनमा जुवातास चलिरहेको थियो । कर्मचारीहरू आहोरदोहोर गरिरहे पनि नदेखेजसो गरिरहेका थिए । नगर प्रमुख भीम पराजुली कार्यालयमा आएका थिएनन् । 

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जुवातास खेलिरहेकोबारे आफूलाई जानकारी नभएको बताए । महानगरको शान्ति सुरक्षा दिने नगर प्रहरीकै कार्यकक्षमा तास भइरहेको फोटो देखाएपछि उनले कर्मचारी नभएको जानकारी दिए । 

कार्यालय भवनको मर्मत भइरहेकाले तास खेल्नेहरू भवन मर्मत गर्ने कामदार भएको बस्नेतको दाबी छ । बस्नेतका अनुसार नगर प्रहरी बस्ने कार्यकक्ष समेत मर्मत गर्नुपर्ने भएकाले केही दिनदेखि मर्मतको काममा खटिएका कामदारले खाना खाने, आराम गर्ने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्