२१ जेठ २०८३, बिहीबार

काँग्रेसका युवा नेताहरुले भेटे देउवा

काँग्रेसका युवा नेताहरुले भेटे देउवा

नेपाली काँग्रेसका युवा नेताहरुले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । युवा नेताहरु गगन थापासहित धनराज गुरुङ, चन्द्र भण्डारीलगायतले बालुवाटार पुगेर  देउवासँग  भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा उनीहरुले सरकारको काम प्रभावकारी बनाउँदै पार्टीलाई पनि सुदृढ बनाएर अघि बढ्न सुझाव दिएको भेटमा सहभागी एक नेताले बताए ।

यस्तै सरकारमा रहँदा पार्टीलाई बद्नाम हुनबाट जोगाउन योजनाबद्ध ढंगले अघि बढ्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि आवश्यक पहल गर्न देउवाको ध्यानाकर्षण गराएका थिए ।

यस्तै पार्टीको महाधिवेशन, क्रियाशील सदस्यता विवादलगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्