×

NMB BANK
NIC ASIA

कोरोना नियन्त्रण प्रभावकारी बनाउन मन्त्री खाँणको निर्देशन

साउन २३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

गृहमन्त्री बालकृष्ण खाँणले कोरोना नियन्त्रण र न्यूनीकरण कार्य प्रभावकारी नदेखिएको भन्दै सबै निकायलाई १ साताभित्र नतिजा ल्याउन निर्देशन दिएका छन् ।

Muktinath Bank

कोरोना संक्रमणका बेला स्वास्थ्य मन्त्रालयमा थन्किएर राखिएको ३ करोड थान मास्क वितरण गर्न पनि उनले निर्देशन दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आमनागरिकको जीवन रक्षाकै लागि राज्य बनेका र राज्य सबैको साझा भएकाले चैतसम्ममा सबै नागरिकले खोप पाउनुपर्ने उनले बताए । ‘प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो उद्घोष नै नागरिकलाई खोप रहेको हुँदा त्यसलाई पूरा गराउनु हामी सबैको दायित्व हो,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

मन्त्री खाँणले नेपाल प्रवेश गर्ने नाकाहरूमा खोप व्यवस्थापन गर्न र चैतसम्म सबै नेपाली र नेपाललाई खोपयुक्त बनाउने अभियान सफल बनाउन निर्देशन दिए ।

Vianet communication
Laxmi Bank

कोरोना महामारी नियन्त्रण र न्यूनीकरण कार्यमा संलग्न उच्च पदाधिकारीसँग शुुक्रवार मन्त्रालयमा गरिएको अन्तक्र्रियामा उनले कोरोना नियन्त्रण तथा रोकथाममा के गर्ने, कसरी गर्ने भनेर सबै पक्षले तत्कालै त्यसको रूपरेखा प्रस्तुत गर्न निर्देशन दिएको गृहमन्त्रीका स्वकीय सचिव नरेन्द्र केसीले जानकारी दिए ।

त्यस्तो रूपरेखा शनिवारको बैठकमा पेश गर्न गृहमन्त्रीले निर्देशन दिएका उनले जानकारी दिए ।

कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रमुख भए पनि गृह मन्त्रालयले त्यसमा कसरी काम गर्न सक्छ भन्ने तयारी गर्न समेत गृहमन्त्री खाँणले निर्देशन दिएका थिए । नागरिक स्तरमा मास्कको प्रयोग पर्याप्त नभएकाले कोरोनाबाट जोगिन मास्क उपयोगी रहेको उल्लेख गर्दै उनले सय वर्षअघि नै मास्कको कल्पना गरिएकाले मास्कको भरोसा गरी उपयोगमा जोड दिन अनुरोध गरे ।

विदेशबाट आउने नागरिकका लागि होटलमा क्वारेन्टाइन बनाइएको तर होटल खाली भएको भन्दै उनले असन्तुष्टि जनाएका थिए । वैदशिक रोजगारबाट आएका नागरिकबाट बढी जोखिम हुने भएकाले निगरानी बढाउन आवश्यक रहेको बताउँदै उनले नाकामा चेकजाँच गर्ने बलियो संयन्त्र बनाउन निर्देशन दिए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x