×

NMB BANK
NIC ASIA

कोरोना कहरले नछोएको अयरपानी होमस्टे : पाहुना आएका आयै

साउन २३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

गाउँ टेक्ने बित्तिकै पाहुनाको स्वागतमा गाउँलेहरू हातमा फूलमाला लिएर बस्छन् । उनीहरूको मीठो आतिथ्य, सत्कार, रहनसहन र मनोरम दृश्यले यहाँ पुग्ने जोकोही पुलकित हुन्छन् । यो हो – अयरपानी सामुदायिक होमस्टे । 

Muktinath Bank

फेदीखोला कास्की र स्याङ्जाको सीमा क्षेत्र हो । पोखराबाट पश्चिम दिशामा पर्ने फेदीखोला गाउँपालिका–१ मट्टिखानमा पर्दछ, अयरपानी गाउँ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शहरबजार कोरोना महामारीले आक्रान्त बन्दा यो गाउँ भने यतिखेर दिनहुँ पाहुनाको स्वागतमा व्यस्त छ । 


Advertisment
Nabil box
Kumari

अयरपानी सामुदायिक होमस्टेका सचिव राजकुमार गुरुङ भन्छन्, ‘कोरोना महामारी शुरू भएकै वर्षदेखि हामीहरूले होमस्टे शुरू गरेका हौं । बजार कोरोना महामारीका कारण लकडाउन र निषेधाज्ञामा हुँदा हामीहरूलाई पाहुनाको स्वागतमा भ्याइँनभ्याइँ छ ।’

Vianet communication
Laxmi Bank

पोखरा बजारदेखि नजिकै रहेको अयरपानी पुगेपछि जोकोहीलाई तत्काल त्यो ठाउँ छोड्न मन लाग्दैन । निकै उचाइमा रहेको यो ठाउँबाट पोखरा बजार तल पारेर हेर्नुपर्छ । उत्तरमा मनोरम हिमश्रृंखला, चारैतिर हरियाली वन, गाउँले परिवेश, मीठामीठा परिकार, रहनसहन, परम्परा, शान्त र सौम्य यहाँका विशेषता हुन् ।

पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकको गन्तव्य बन्दै गएको आयरपानीबाट २–३ किलोमिटर दूरीमा नुवाकोट दरबार, मट्टिखान भ्यू टावर, गोर्खा स्मारक पर्दछन् ।

गाउँमा खासगरी गुरुङ, बाहुन, क्षेत्रीको बसोबास छ । पोहोर ८ घरदेखि शुरू गरेको होमस्टे अहिले १३ घरमा फैलिइसकेको छ । गाउँका कूल ३६ घरधुरीले बिस्तारै होमस्टे अँगाल्ने तयारी गरेका छन् । होमस्टेका अध्यक्ष सपना गुरुङका अनुसार पाहुनाको आकर्षण बढेकाले अब केही समयमै १३ घरबाट बढाएर २२–२३ घरमा होमस्टे शुरू गरिने छ । 

होमस्टेका कारण आयआर्जनमा समेत वृद्धि भएको उनले बताइन् । पाहुनाको स्वागत तथा सत्कारमा खटिनु पर्दा आफूहरू व्यस्त हुने गरेको उनको भनाइ छ । एक पटक आएको मानिस फेरि फर्कीफर्की आउने गरेका छन् । 

यसअघि सबैभन्दा बढी ७० जना मानिसको ग्रूप समेत राखेकाले एकैपटक १०० जना पाहुना आए पनि बन्दोबस्त गर्न सक्ने क्षमता रहेको उनी बताउँछिन् । गत महिना मात्रै कलेजको एक ग्रूप (७० विद्यार्थीसहित) स्थानीय रहनसहन जान्न अध्ययनका लागि आएको थियो ।

होटल प्रतिनिधि समाज पोखराका निवर्तमान अध्यक्ष समेत रहेका होमस्टे सचिव राजकुमार गुरुङ पोखरामा होटल चलाउँथे । लकडाउनका कारण होटल व्यवसायबाट हात धोएर उनी आफ्नै गाउँठाउँमा होमस्टे व्यवस्थापनमा खटिएका हुन् । उनको अनुभवमा विगतमा गाउँ छाडेकाहरू पनि अहिले परिस्थितिका कारण गाउँमै फर्किएका छन् ।

यहाँ छाडेर पोखरा, काठमाडौं, युके, हङकङ जहाँ–जहाँ गएको भए पनि अहिले उनीहरूले आफ्नो गाउँठाउँलाई महत्त्व दिएका उनको बुझाइ छ । शहरबजार तथा विदेशमा गएर बसेकाहरूका सन्तान आफ्नो पुर्खा हुर्की बढेको गाउँको ‘रियल लाइफ’ जान्न एकरात भए पनि बसेर जाने गरेका छन् । 

होमस्टेमा आउनेहरूलाई सुविधा दिन निकै सस्तो दररेट तोकिएको छ । १ हजार रुपैयाँको प्याकेजमा साँझ लोकल कुखुराको मासुसहित खाना, तीनपाने रक्सी, राति सुत्ने व्यवस्था, बिहान उठेपछि कोदो तथा गहुँका रोटीको नास्ता र बिहान भेज खाना दिइन्छ । 

पूर्वतर्फ करीब ३ किमी दूरीमा पर्दछ नुवाकोट दरबार । यो दरबारको पनि आफ्नै विशेषता छ । यो ठाउँ नै नेपालका शाहहरूको उद्गमस्थल हो । स्थानीयका अनुसार नेपालमा शाहका पुर्खाहरूमध्ये २ भाइ छिरेका थिए । मिर्चा खान र खान्चा खानमध्ये मिर्चा खान स्याङ्जा भीरकोटमा बसे भने अर्का खान्चा खान मट्टिखान बसे । खान्चाखानका सन्तानमध्ये कास्कीका राजा कुलमण्डन खाँ हुन् । उनी कास्कीको कास्कीकोटमा बसे । उनैका सन्ततिमध्ये यहोब्रम्हा शाह, कालु शाह, द्रव्य शाह, पृथ्वीनारायण शाह हुन् ।

मट्टिखान भ्यू टावर चढेपछि कास्कीसहित छिमेकी जिल्लाहरू देख्न सकिन्छ । धौलागिरीदेखि गणेश हिमालसम्मको हिमालको मनोरम दृश्यले मानिसको मन लोभ्याउँछ । घरपालुवा जनावर मात्र नभई जंगली जनावर पनि यहाँ भेटिन्छन् । रतुवा, मृग, कालिज, बाघ गाउँ नजिकैको जंगलमा पाइने गाउँले बताउँछन् । अधिकांश गुरुङ बस्ती रहेको यो ठाउँमा लोप हुँदै गएको सोरठी, घाटु नाच संरक्षण गर्दै पाहुनालाई देखाइन्छ । 

पश्चिम दिशामा ३ किमी दूरीमा पर्दछ गोर्खा स्मारक । गोर्खा स्मारक ट्रस्टले हालसम्म २५ करोड रुपैयाँ खर्च गरेर गोर्खा स्मारक निर्माण गरिरहेको छ । नेपाली भूपू गोर्खाहरू जो विदेशमा विभिन्न नामका लडाइँमा वीरगति प्राप्त गरे, उनीहरूको स्मृतिमा भूतपूर्व गोर्खाहरूको संगठन गेसोले २०६८ सालदेखि फेदीखोला गाउँपालिका–१ मा गोर्खा स्मारक बनाइरहेको हो । आगामी दिनमा विश्वभरका लागि पर्यटकीय गन्तव्य बन्न सक्ने यो स्मारक घुम्न आउनेहरूलाई लक्षित गरेर पनि आफूहरू सोही अनुसारको तयारीमा लागेको अयरपानी होमस्टेका सदस्यहरू बताउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x