०३ साउन २०८३, आइतबार

भारतीय पूर्वराजदूत सूदले भने — राजपाले चुनाव विथोल्न सक्दैन, उ आफैं कमजोर बन्छ !

कात्तिक २०, २०७४
भारतीय पूर्वराजदूत सूदले भने — राजपाले चुनाव विथोल्न सक्दैन, उ आफैं कमजोर बन्छ !

काठमाडौं, २९ जेठ — नेपालका लागि भारतीय पूर्व राजदूत राकेश राजपा निर्वाचनमा नआएपनि निर्वाचन नरोकिने विश्लेषण गरेका छन् । भारतीय पत्रिका द हिन्दूमा एउटा लेख लेख्दै उनले यस्तो बताएका हुन् ।

जनआधार भएका अधिकांश दल चुनावमा सहभागि भएकोले सानो जनआधार भएको राजपा निर्वाचनमा नजाँदैमा निर्वाचन रोकिने सम्भावना नभएको उनले बताएका छन् ।

स्थानीय निर्वाचन प्रति जनताको आकर्षण समेत राजपाका नेताहरुले देखिरहेकोले पनि स्थानीय निर्वाचन विथोलिने सम्भावना कम रहेको उनले बताए । उक्त लेख मार्फत उनले कमजोर जनआधार भएको राजपाले चुनाव विथोल्न नसक्ने विश्लेषण उनले गरेका छन् ।

उनीहरुको कारणले चुनाव नरोकिने र उनीहरु चुनावमा सहभागि नभएमा उनीहरुलाई नै घाटा उनले उनले बताएका छन् ।

सुदले तराई केन्द्रीत दल राजपाले स्थानीय निर्वाचन बहिष्कार गरेपछि उनीहरु चुनावमा सहभागी बन्नुपर्ने समेत बताएका हुन् । तराई केन्द्रीत दलहरु चुनावमा नआएमा उनीहरुले ठूलो घाटा बेहोनुपर्ने बताएका छन् ।

उनीहरु चुनावमा आएनन् भने स्वतह एक्लिने र उनीहरुलाई नै घाटा हुने निष्कर्श सूदले निकालेका हुन् । स्थानीय चुनावमा भाग नलिएमा राजपाका कार्यकर्ताहरु घट्ने उनले बताएका छन् ।

स्थानीय चुनावमा भाग नलिने वित्तिकै संघीय र प्रान्तिय चुनावमा पनि राजपा खुम्चिने विश्लेषण उनको छ । स्थानीय राजनीतिबाट पाँच वर्ष सम्म बाहिरै बसेमा उनीहरुले कार्यकर्ता जोगाउन नसक्ने विश्लेषण उनले गरेका छन् ।

कार्यकर्ता मात्रै होइन लगत्तै उनले प्रदेश र संघीय निर्वाचनमा पनि राजपाले ठूलो घाटा बेहोर्ने निष्कर्श उनको छ ।
उनले स्थानीय निर्वाचन सफल पार्नको लागि कोशिश गरिरहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतले सघाउनुपर्ने समेत उनलेब बताएका छन् । स्थानीय निर्वाचले नेपालाई स्थायित्व र प्रदान गर्ने विश्लेषण उनले गरेका छन् । उनले मोदी सरकारलाई भारतसँगको सम्बधन् सुधार्नुपर्ने समेत बताएका छन् ।

उनले देउवालाई संबिधान संशोधन भन्दा पनि निर्वाचन सफल पार्नेतर्फ ध्यान दिन सुझाव दिएका छन् । उनले एमालेको समर्थन बिना संबिधान संशोधन हुन नसक्ने भएकोले अहिलेको अवस्थामा चुनाव सफल गराएर आफू माथि लागेको असक्षमताको दाग समेत मेटाउन अनुरोध गरेका छन् ।

उनले प्रचण्ड सरकारले भारतसँगको सम्बन्ध समेत सुधारेको विश्लेषण गरेका छन् । उनले केपी ओलीको समय विग्रीएको सम्बन्ध अहिले सुध्रिएको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्