
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अटेर गर्दै जबरजस्ती परीक्षा सञ्चालन गरेको त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा बेवास्ता गरेको छ ।
त्रिविले परीक्षा केन्द्र कायम गरेको अधिकांश क्याम्पसमा सामाजिक दूरी कायम गरिएको छैन भने परीक्षा केन्द्रमा प्रवेश गर्ने विद्यार्थीको स्वास्थ्य परीक्षण पनि गरिएको छैन । परीक्षार्थीले मास्क लगाएको छ कि छैन भन्नेमा सामान्य हेक्कासमेत राखिएको छैन ।
त्रिविको परीक्षा लिएरै छाड्ने ढिपीलाई विद्यार्थी नेताहरूले विरोध जनाएका छन् । पाटन संयुक्त क्याम्पस, नेपाल विद्यार्थी संघका विद्यार्थी नेता तारा शर्माले यस्तो अवस्थामा परीक्षा सञ्चालन गर्नु त्रिविको गलत नियत भएको आरोप लगाए ।
नेविसंघका अनिल खनाल, अनेरास्ववियु क्रान्तिकारीका सञ्जीव फुँयाल र अनेरास्ववियुका झपीन्द्र खत्रीले यस्तो अवस्थामा परीक्षा सञ्चालन गर्दा संक्रमण बढ्न सक्ने खतरा रहेको भन्दै त्रिविले चरम लापरबाही र गल्ती गरेको आरोप लगाए । नेपाल समाचारपत्रमा खबर छ ।