२४ जेठ २०८३, आइतबार

आजको मौसमः लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा

आजको मौसमः लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण सोमबार बिहान देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
 
यसैगरी दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्