
सोमवार नेपाली बजारमा सुनको मूल्यमा १ हजार रुपैयाँको गिरावट आएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रति तोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।