१० साउन २०८३, आइतबार

जेष्ठ नागरिकहरूलाई आजदेखि कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाइँदै

जेष्ठ नागरिकहरूलाई आजदेखि कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाइँदै

सोमवारदेखि पहिलो मात्रा कोभिशिल्ड खोप लगाएर बसेका जेष्ठ नागरिकहरूलाई दोस्रो मात्रा  खोप वितरण शुरू भएको छ । 

कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो खोपको प्रतिक्षामा रहेका ६५ वर्ष र सोभन्दा माथिको उमेर समूहलाई खोप वितरण शुरू गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् । 

उनका अनुसार खोप करिब १४ लाख व्यक्तिका लागि वितरण गरिँदैछ । 

जेष्ठ नागरिकका साथसाथै वैदेशिक रोजगारी, अध्ययन र अन्य कारणले विदेश जाने, मिर्गौला डायलाइसिस गर्नुपर्ने तथा अङ्ग प्रत्यारोपण गरेका र क्यान्सरका बिरामीहरूका लागि खोप वितरण शुरू गरिएको राज्यमन्त्री श्रेष्ठले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्