
सोमवारदेखि पहिलो मात्रा कोभिशिल्ड खोप लगाएर बसेका जेष्ठ नागरिकहरूलाई दोस्रो मात्रा खोप वितरण शुरू भएको छ ।
कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो खोपको प्रतिक्षामा रहेका ६५ वर्ष र सोभन्दा माथिको उमेर समूहलाई खोप वितरण शुरू गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार खोप करिब १४ लाख व्यक्तिका लागि वितरण गरिँदैछ ।
जेष्ठ नागरिकका साथसाथै वैदेशिक रोजगारी, अध्ययन र अन्य कारणले विदेश जाने, मिर्गौला डायलाइसिस गर्नुपर्ने तथा अङ्ग प्रत्यारोपण गरेका र क्यान्सरका बिरामीहरूका लागि खोप वितरण शुरू गरिएको राज्यमन्त्री श्रेष्ठले जनाएका छन् ।
कोभिशिल्ड खोपको पहिलो मात्रा लिएर दोस्रो खोपको प्रतिक्षामा रहनुभएका ६५वर्ष र सोभन्दा माथिको उमेर समूह तथा वैदेशिक रोजगारी, अध्ययन र अन्य कारणले विदेश जाने, मिर्गौला डायलाईसिस गर्नुपर्ने तथा अङ्ग प्रत्यारोपण गरेका र क्यान्सरका बिरामी गरि १४लाख व्यक्तिका लागि खोप वितरण शुरु भएको छ। pic.twitter.com/OJElJmAKBy
— Umesh Shrestha (@MohpStateMin) August 9, 2021