२२ जेठ २०८३, शुक्रबार

नेपाल बैंकको एक्स्टेन्सन काउन्टर ललितपुर महानगरपालिकामा

नेपाल बैंकको एक्स्टेन्सन काउन्टर ललितपुर महानगरपालिकामा

ललितपुर महानगरपालिकाको परिसरभित्र नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर सञ्चालनमा आएको छ ।

उक्त काउण्टरको उद्घाटन गर्दै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले नेपालको जेठो नगरपालिका हाल महानगरपालिका र नेपालको जेठो तथा पहिलो बैंक भएर पनि ग्राहकको सेवामा मन जित्दै गएको नेपाल बैंक लिमिटेडले महानगर परिसर भित्रै आएर सेवा दिन थालेकोमा बैंकलाई आभार व्यक्त  गरे ।

 नेपाल बैंक लिमिटेड प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपालको पहिलो बैंकले डिजिटल बैकिङ्गद्वारा डिजिटल नेपाल बनाउन पछि नपर्ने तथा सेवाग्राहीहरुको माग र समय सापेक्ष आफ्नो सेवा प्रदान गर्ने बताए ।

उक्त उद्घाटन कार्यक्रममा एक्सटेन्सन काउण्टर संचालन र महानगरका २९ वटै वडाहरूबाट राजस्व संकलन गर्ने सम्बन्धी सम्झौतामा महानगरका प्रम’ख प्रशासकीय अधिकृत गणेश अर्याल र नेपाल बैंक लिमिटेड ललितप’र शाखाका शाखा प्रबन्धक किरण डंगोलले हस्ताक्षर गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्