३२ असार २०८३, बिहीबार

आजको मौसम–यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम–यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। जसका कारण मंगलबार बिहान देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा पनि भइरहेको छ।

महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  यस्तै प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।

 यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।  यस्तै दिउँसो जस्तै प्रदेश नं १  र बाग्मती प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्