२७ असार २०८३, शनिबार

अर्थमन्त्री शर्मा आज संसदमा यथार्थपत्र सार्वजनिक गर्दै

साउन २६, २०७८
अर्थमन्त्री शर्मा आज संसदमा यथार्थपत्र सार्वजनिक गर्दै

सरकारले मंगलवार मुलुकको पछिल्लो आर्थिक अवस्था समेटिएको यथार्थपत्र सार्वजनिक गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद् प्रतिनिधि सभाको मंगलवारको बैठकमा यथार्थपत्र सार्वजनिक गर्न लागेका हुन् ।

प्रतिनिधि सभाको बैठक मंगलवार अपराह्न १ बजे बस्दैछ । बैठकमा अर्थमन्त्रीले यथार्थपत्र सार्वजनिक गर्ने गरी समय माग गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले यथार्थपत्र सार्वजनिक गर्नका लागि अर्थमन्त्रीले समय माग गरेका बताए ।

अर्थमन्त्री शर्माले कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभाव तथा सरकारले चाल्नुपर्ने कदमबारे जानकारी दिने उद्देश्यले यर्थाथपत्र ल्याउन लागेको यसअघि नै घोषणा गरिसकेका छन् । उनले कोही कसैलाई आरोपित गर्नेभन्दा पनि मुलुकको अर्थतन्त्रको अवस्थाका बारेमा देश र जनतालाई जानकारी दिनु सरकारको दायित्व रहेको बताउँदै आएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकार बनेपछि पहिलो पटक श्वेतपत्र नभनीकन यर्थाथपत्र सार्वजनिक गर्न लागिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्