१२ असार २०८३, शुक्रबार

कतारद्वारा खाडी मुलुकको ‘प्रभुत्वको नीति’ को भर्त्सना

कात्तिक २०, २०७४
कतारद्वारा खाडी मुलुकको ‘प्रभुत्वको नीति’ को भर्त्सना

काठमाडौं, २९ जेठ — कतारका विदेशमन्त्रीका वरिष्ठ प्रतिआतंकवाद सल्लाहकारले खाडी मुलुकहरूले कतारविरुद्ध गरेको नाकाबन्दीलाई आक्रमण गर्दै यो ‘प्रभुत्व तथा नियन्त्रण जमाउने’ नीति भएको बताएका छन् ।


शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीका विशेषदूत मुत्लाक अल–काह्तानीले साउदी अरब, युनाइटेड अरब इमिरेट्स, बहराइन तथा इजिप्टले कतारसँग सम्बन्ध तोड्ने निर्णय गरेपनि उनीहरू कहिल्यै सफल नहुने बताएका छन् ।

‘हामीसँग आतंकवादमा लगानी र प्रतिआतंकवादसम्बन्धी राष्ट्रिय समितिहरू छन्,’ उनले अल जजीरालाई बताए, ‘हामीसँग आफ्नै आतंकवाद रोकथामका कार्ययोजना छन् तर सबभन्दा महत्त्वपूर्ण भनेको हामीहरू आतंकवादको मूल जरो उखेल्नका लागि कडा मेहनत गरिरहेका छौं ।’

तालिबानलाई देशमा किन आतिथ्य गरेको भन्ने प्रश्नमा काह्तानीले भने, ‘अमेरिकी सरकारले हामीलाई अनुरोध गरेको थियो ।’

‘हामीहरू अमेरिकी, तालिबान र अफगानिस्तान सरकारका बीचको वार्ता गराउँदैथियौं किनकि हाम्रो विदेशनीति नै वार्ता गराउने, मध्यस्थता गर्ने र शान्ति ल्याउने हो,’ उनले भने ।

आतंकवादका सम्बन्धमा कतारसँग नाम जोडिएका व्यक्ति र संस्थाको सूचीलाई कह्तानीले ‘भ्रामक’ र ‘अविश्वसनीय’ भनी भर्त्सना गरे । ‘यो सूचीमा भएका अधिकांश नामका व्यक्ति दोहामा छैनन्,’ उनले थपे, ‘उनीहरू दोहामा बस्दैनन् र कहिल्यै दोहा आएका छैनन् ।’

प्राकृतिक ग्यासले धनी बनाएको मुलुक कतार अहिले ठूलो कूटनीतिक संकटको केन्द्र भएको छ ।

अल जजीरा

salt training

कमेन्ट गर्नुहोस्