२४ जेठ २०८३, आइतबार

एसएसबीले तुइन काटेको घटनाबारे संसद्लाई सत्यतथ्य जानकारी गराउन सभामुखको रुलिङ

एसएसबीले तुइन काटेको घटनाबारे संसद्लाई सत्यतथ्य जानकारी गराउन सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा एसएसबीले तुइन काटेको घटनाबारे संसद्लाई सत्यतथ्य जानकारी गराउन रुलिङ गरेका छन् । 

एसएसबीले तुइन काट्दा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको भन्ने विषयमा संसद्लाई यथासक्य चाँडो जानकारी दिन सभामुखले सरकारको ध्यानाकर्षण गराएका हुन् । 

प्रतिनिधि सभा बैठकमा सांसदहरूले दार्चुला घटनाका विषयमा सत्यतथ्य छानबिन गर्न माग गरेका थिए । 

जयसिंह धामी साउन १५ गते गाउँबाट सदरमुकाम खलंगा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा बेपत्ता भएको स्थानीयवासीको भनाइ छ ।  बेपत्ता धामी अझै भेटिएका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्