२७ असार २०८३, शनिबार

सत्तापक्षले बाहिरबाट धम्क्याउने र गोलाबारी गर्ने गरेको छ : केपी ओली

सत्तापक्षले बाहिरबाट धम्क्याउने र गोलाबारी गर्ने गरेको छ : केपी ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सत्तापक्षले बाहिरबाट धम्क्याउने र गोलाबारी गर्ने गरेको आरोप लगाएका छन् ।

मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले सत्तापक्षले धम्क्याउने गरेको बताए ।

अध्यक्ष ओलीले भने, ‘आज त सत्तापक्षले बाहिरबाट धम्क्याउने र गोलाबारी गर्ने गरेको छ, संवादहीनताको अवस्था छ । सत्तापक्ष ‘ठेगान लगाइदिन्छौं’ भन्ने उन्मादमा छ ।’

सरकार भनेको निरन्तरताको कुरा भएकाले अघिल्लो सरकारले गरेका राम्रा काम अगाडि बढाउन अध्यक्ष ओलीले आग्रह गरे । उनले भने, ‘अघिल्लो सरकारले गरेका राम्रा कुरा अगाडि बढाउनुपर्छ । कुनै सहमति गरेको छ भने पछाडि आउने सरकारले अगाडि बढाउनुपर्छ, ती उपलब्धिलाई कदर गर्नुपर्छ । बाँकी रहेकालाई कार्यान्वयन गर्नुपर्छ । त्यतापट्टि ध्यानाकर्षण गराउन चाहन्छु ।’

salt training

कमेन्ट गर्नुहोस्