०२ असार २०८३, मंगलबार
प्रतिनिधि सभामा प्रतिपक्षी दलका नेताको सम्वोधन

‘राम्रो ग्रहदशाले प्रधानमन्त्री बनेको थिइनँ, असाधारण जनमतसहित फेरि मूलढोकाबाट सिंहदरबार प्रवेश गरिन्छ’

‘राम्रो ग्रहदशाले प्रधानमन्त्री बनेको थिइनँ, असाधारण जनमतसहित फेरि मूलढोकाबाट सिंहदरबार प्रवेश गरिन्छ’
फाइल तस्वीर।

नेकपा एमालेका अध्यक्ष एवं प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट हट्नु परेकोमा आफूलाई चिन्ता नभएको दाबी गरेका छन् । उनले विगतमा पनि आफूलाई जालझेल गरेर फर्काइएको र यसपटक पनि जाली मुद्दा हालेर हटाइएको दाबी गरे । 

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै ओलीले आफू जनमतबाट प्रधानमन्त्रीमा निर्वाचित भएर आएको र भविष्यमा पनि अपार जनमतका साथ आउने दाबी गरेका हुन् । 

‘मैले पहिले पनि मूलढोकाबाट फर्किन्छु भनेको थिएँ, फेरि पनि असाधारण जनमतसहित मूल ढोकाबाटै सिंहदरबार प्रवेश हुन्छ । राम्रो ग्रहदशाले बनाएको होइन, मैले पहिले गरेको राम्रो काम देखेर नेपाली जनताले बनाएको । जाली मुद्दा जितेर या परमादेश बनेर होइन,’ ओलीले भने । 

ओलीले सरकार बनेको एक महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै प्रधानमन्त्रीप्रति कटाक्ष गरे । ‘चार जना मन्त्री लिएर सरकार चलाउनु भएको छ क्यारे, बाँकी सबै आफैसँग छन् । मन्त्रालय दिनभर घुमेर भ्याउनु हुन्न होला,’ ओलीले भने । 

प्रतिनिधि सभा पुनःस्थापना भएपछि ओलीले पहिलो पटक संसद्मा सम्बोधन गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा संसद्को बैठकमा उपस्थित छन् । 

प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रतिपक्षी दलको नेता उपस्थित हुने र प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने संसदीय परम्परा छ ।

salt training

कमेन्ट गर्नुहोस्