२९ असार २०८३, सोमबार

चेम्बरमा पर्शुराम  दाहालको सभापतित्वमा  कर, राजश्व तथा भन्सार समिति गठन

चेम्बरमा पर्शुराम  दाहालको सभापतित्वमा  कर, राजश्व तथा भन्सार समिति गठन

नेपाल चेम्बर अफ कमर्समा पर्शुराम  दाहालको सभापतित्वमा  कर, राजश्व तथा भन्सार समिति गठन भएको छ । 

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कार्य समिती सदस्य पर्शुराम  दाहालको सभापतित्वमा चेम्बर अन्र्तगत गठित कर,राजश्व तथा भन्सार समितिको सह सभापतिमा मनोनयन भएका टिकाराम शर्मा ढुंगेल, मदनलाल मित्तल लगायतलाई मंगलवार मनोनयन पत्र प्रदान गरेका छन् ।

सो समितिमा सदस्यहरुमा नयन पंडित क्षेत्री, पुष्कर भुर्तेल, शिशिर गौतम, नरेन्द्र कुमार गुप्ता,  राजिब पोखरेल, अरुण राउत, गोपाल अग्रवाल, सिताराम अग्रवाल, प्रभु अधिकारीलाई मनोनयन पत्र प्रदान गरे । 

उक्त अवसरमा चेम्बर अध्यक्ष मल्लले कर,राजश्व तथा भन्सार  क्षेत्रसँग आवद्ध सवै निकायहरु लाग्नु पर्ने बताए ।

सो अवसरमा चेम्बरका उपाध्यक्ष दिपक श्रेष्ठ, उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठको पनि उपस्थिति थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्