२१ जेठ २०८३, बिहीबार

यूरोपेली छ मुलुकको अफगान निर्वासन जारी राख्न आग्रह

साउन २६, २०७८
यूरोपेली छ मुलुकको अफगान निर्वासन जारी राख्न आग्रह

यूरोपेली संघ (ईयू) का छ मुलुकले तालिबानले अफगानिस्तानमा चलाएको कारबाही बाबजुद अफगान आप्रवासीको निर्वासन नरोक्न युरोपेली आयोगलाई आह्वान गरेका मङ्गलबार अधिकारीहरूले बताएका छन् ।

अस्ट्रिया, बेल्जियम, डेनमार्क, जर्मनी, ग्रीस र नेदरल्याण्डका सरकारहरूले यूरोपली संघको कार्यकारी यस निकायसँग शरणसम्बन्धी कानून अनुसार उनीहरूलाई शरणार्थी स्वीकार गर्न नसक्ने भएमा स्वदेश फिर्तापठाउन अनुमति दिनुपर्ने बताएका हुन् ।  

अफगानिस्तानले जुलाईमा यूरोपेली राष्ट्रलाई अगस्त ३१ मा अफगानिस्तानबाट अमेरिकी सम्पूर्ण सेनालाई फिर्ता लानु अगाडि सुरक्षा बलले तालिबान आक्रमणको प्रतिरोध गरिरहेको सन्दर्भमा तीन महिनासम्मका लागि अफगान प्रवासीहरूलाई जबरजस्ती निर्वासनमा नपठाउन आग्रह गरेको हो ।

बेल्जियमका शरण तथा प्रवासमन्त्री स्यामी मेहदीले भने, “मैले जर्मनी, अष्ट्रिया, नेदरल्याण्ड, डेनमार्क र ग्रीससँगै आयोगलाई केही अफगानीलाई जबर्जस्ती फिर्ता गर्ने प्रत्याभूति दिइरहन आग्रह गरेको छु ।”

उनले ट्विटरमार्फत् सार्वजनिक एक सन्देशमा भने, “कुनै देशका क्षेत्रहरू खतरनाक भएकाले मात्र त्यस देशका प्रत्येक व्यक्तिलाई सुरक्षाका लागि शरण दिनुपर्छ भन्ने कुरा बेठीक भएको उहाँको तर्क छ ।''

डेनमार्कको न्याय मन्त्रालयले पनि ब्रसेल्सलाई जबरजस्ती निर्वासन निलम्बन नगर्न आग्रह गरेको कुरा पुष्टि गर्दै ‘अफगानिस्तानमा भएको विकासलाई नजिकबाट पछ्याइरहेको’ बताएको छ ।

डेनिस आप्रवासन मन्त्री म्याटियस टेस्फायले यस मामिलामा इयूका छ वटा मुलुकको एउटै विचार भएकोमा आफू ‘खुसी’ भएको बताP ।

अफगानिस्तानको उत्तरमा तालिवान लडाकूद्वारा भएका आक्रमणले दशौँ हजार मानिस आफ्नो घर छोडेर भाग्न र विभिन्न विदेशी मुलुकमा शरण लिन बाध्य भएका छन् । पछिल्लो समय तालिबानले आफ्ना गतिविधिलाई सशक्त पार्दै देशका छ वटा प्रान्तीय राजधानीलाई नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्