२७ जेठ २०८३, बुधबार
एमाले संसदीय दलको बैठक

अविश्वास प्रस्ताव फेस गर्ने वा राजीनामाको निर्णय लिने अधिकार मुख्यमन्त्री पोखरेललाई

अविश्वास प्रस्ताव फेस गर्ने वा राजीनामाको निर्णय लिने अधिकार मुख्यमन्त्री पोखरेललाई

लुम्बिनी प्रदेश नेकपा एमाले संसदीय दलको बैठकले अहिलेको परिवर्तित परिस्थितिमा निर्णय गर्ने सम्पूर्ण अधिकार मुख्यमन्त्री शंकर पोखरेललाई दिएको छ । 

मुख्यमन्त्री निवासमा आज भएको बैठकमा प्रदेश सभामा देखिएका नयाँ परिस्थितिपछि के गर्ने भन्ने विषयमा छलफल भएको थियो । 

‘नयाँ परिस्थितिमा के  गर्ने भन्ने अधिकार मुख्यमन्त्रीलाई दिइएको छ,’ संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले भने, ‘अहिले मुख्यमन्त्रीले राजीनामा दिने भन्ने निर्णयमा पुगिसकेका छैनौं । सबै अधिकार मुख्यमन्त्रीलाई दिएका छौँ ।’
 

salt training

कमेन्ट गर्नुहोस्