
मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) आजदेखि बिक्री खुला भएको छ ।
बुधवारदेखि बिक्री खुला भएको आईपीओ साउन ३१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ ।
१०० अंकित दरका कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि बढीमा १ हजार वित्ताका लागि आवेदन दिन सकिने छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट रहेको छ ।
३ करोड ९३ लाख ७५ हजार बराबरको ३ करोड ९३ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले जानकारी दिइन् ।
उनका अनुसार जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको छ ।
आईपीओ जारी भएपछि कम्पनीको चुक्तापुँजी १० करोड ९३ लाख ७५ हजार पुग्नेछ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर) मार्फत समेत आईपीओमा आवेदन दिन सक्नेछन् ।