३० जेठ २०८३, शनिबार

लुम्बिनीको नयाँ मुख्यमन्त्रीमा २४ घण्टाभित्र दाबी पेश गर्न आह्वान

लुम्बिनीको नयाँ मुख्यमन्त्रीमा २४ घण्टाभित्र दाबी पेश गर्न आह्वान

लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा २४ घण्टाभित्र दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनाबाट आह्वान गरिएको छ ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै भोलि बिहीवार अपराह्न ३ बजेसम्म दाबी पेश गर्न समय दिइएको जानकारी दिए ।

मुख्यमन्त्री शंकर पोखरेलले बुधवार राजीनामा दिएपछि प्रदेश प्रमुखबाट नयाँ मुख्यमन्त्रीका लागि आह्वान गरिएको हो । 

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्