
पछिल्लो २४ घन्टामा तीन हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६१६ पीसीआर र ८६५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
योसँगै संक्रमितको संख्या सात लाख ९५ हजार ३९१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ६५६ वटा नमूना परीक्षण गरिएको थियो ।
मन्त्रालयले थप ३० जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार १८० पुगेको जनाएको छ ।
यस्तै हालसम्म ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ८८५ जना संक्रमणमुक्त भएका हुन् ।