०२ असार २०८३, मंगलबार

चोरी गर्ने ३ जनालाई रामेछाप प्रहरीले गर्‍यो पक्राउ

चोरी गर्ने ३ जनालाई रामेछाप प्रहरीले गर्‍यो पक्राउ

रामेछापको उमाकुण्ड गाउँपालिका–७ बिमिरेमा कोही नभएको समयमा पसल फोरेर चोरी गर्ने ३ जनालाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । 

साउन २२ गते शुक्रवार स्थानीय टेकराज नेवारको पसल पछाडिबाट टीनको छानो काटेर पसलमा भएको १ लाख ५० हजार चोरी गर्ने ओखलढुंगा र रामेछापका ३ जनालाई पक्राउ गरिएको रामेछाप प्रहरी प्रमुख डीएसपी नवराज ढुंगानाले बताए ।

प्रहरीले घटनाको जानकारीपछि अनुसन्धान गरी घटनामा संलग्न ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका–१ का १६ वर्षीय बालकलाई ओखलढुंगा प्रहरीको समन्वयमा पक्राउ गरेको छ ।

अन्य २ जना रामेछापको उमाकुण्ड गाँउपालिका–६ का १९ वर्षीय हिरदेन सुनुवार र २४ वर्षीय समुयलसिंह सुनुवारलाई रामेछाप प्रहरीले बुधवार पक्राउ गरेको छ ।

डीएसपी ढुंगानाका अनुसार उनीहरूले रामेछापमा चोरी गरेको सामान ओखलढुंगामा लगेर लुकाउने र ओखलढुंगामा चोरी गरेको सामान रामेछापमा ल्याएर लुकाउने गरेका अनुसन्धानबाट खुलेको छ ।

रामेछापको पसल चोरी गरी लगेका १ लाख ५० हजार रुपैयाँमध्ये उनीहरूको साथबाट १ लाख १ हजार रुपैयाँ बरामद भएको प्रहरीले बताएको छ । 

रामेछापमा चोरी गरी ओखलढुंगामा लगेर लुकाएको रकमसहित १६ वर्षीय बालकलाई ओखलढुंगा प्रहरीले पक्राउ गरी रामेछाप प्रहरीलाई जिम्मा लगाएको छ ।

पक्राउ परेकामध्ये उमाकुण्ड गाउँपालिकाका २ युवकबाट प्रहरीले ओखलढुंगाबाट चोरी गरी ल्याएको डेल कम्पनीको ल्यापटप १ थान, ३ वटा स्मार्टफोन मोबाइल, सामान्य २ वटा मोबाइल उनीहरूको घरमा लुकाइराखेको अवस्थामा बरामद गरिएको छ । 

प्रहरीको प्राराम्भिक अनुसन्धानमा उनीहरूले रामेछाप र ओखलढुंगा दुवै स्थानमा चोरी गरेको स्वीकार गरेका छन् । उनीहरूलाई डाँका कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको रामेछाप प्रहरी जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्