२४ जेठ २०८३, आइतबार

इरानका नयाँ राष्ट्रपतिद्वारा प्रस्तावित मन्त्रीहरूको नाम संसद्मा पेस

साउन २७, २०७८
इरानका नयाँ राष्ट्रपतिद्वारा प्रस्तावित मन्त्रीहरूको नाम संसद्मा पेस

इरानका नवनिर्वाचित राष्ट्रपति इब्राहिम रायसीले आफूले मन्त्रीमा नियुक्त गर्न लागेका व्यक्तिहरूको नामावली संसद्मा पेस गरेका छन् ।

राष्ट्रपतिले मन्त्री बनाउन चाहेको प्रस्ताव नामावलीसहित संसद्मा पेस गरी पारित गर्नुपर्ने भएकाले उनले नामावलीसहितको प्रस्ताव बुधबार संसद्मा पेस गरेका हुन् ।  

उनले होसेन अमिर अब्दुल्लाहिनलाई देशको विदेश मन्त्री बनाउन प्रस्ताव गरेका छन् । उ

त्यसैगरी जाभाद ओजीलाई राष्ट्रपति रायसीले पेट्रोलियम मन्त्री नियुक्त गर्न चाहेको प्रस्ताव संसद्समक्ष पेस गरेका छन् । उनी यसअघि इरानको राष्ट्रिय ग्यास उद्योगको प्रमुख भएका थिए।

संसद्मा प्रस्तावित मन्त्रीहरूको बारेमा जानकारी गराइने र त्यसमाथि छलफल भई मतदान मार्फत पारित गरिने अधिकारीहरूले जनाएका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्