२८ जेठ २०८३, बिहीबार

इरान पनि शांघाई कोअपरेसन अर्गनाइजेसनको सदस्य बन्ने

साउन २८, २०७८
इरान पनि शांघाई कोअपरेसन अर्गनाइजेसनको सदस्य बन्ने

शांघाई कोअपरेसन अर्गनाइजेसनमा इरान पनि सदस्य बन्ने रुसको सुरक्षा परिषद्का सचिव निकोलाइ पात्रुशेभले बताएका छन् । 

उनले इरानी समकक्षी एड्मिरल अली शामखानीसँग बुधवार अपराह्न गरेको फोनवार्ता गरेका छन् । 

पात्रुशेभ र शामखानीले सुरक्षाको क्षेत्रमा रुस र इरानबीचको निरन्तर सहकार्यका विषयमा चर्चा गरेका छन् । 

त्यस विषयमा जानकारी दिँदै पात्रुशेभले बताए, ‘शांघाई सहमतिमा इरानको सदस्यतामा तेर्सिएका अवरोधहरू हटाइएको छ र प्राविधिक औपचारिकता पूरा भएपछि इरानको सदस्यतालाई अन्तिम रूप दिइनेछ । 

सन् १९९६ मा शांघाई ५ अर्गनाइजेसन नाममा पाँच सदस्यीय संगठन बनाइएको थियो । सैन्य तथा सुरक्षा लक्ष्यका साथ संगठनको निर्माण गरिएको हो । पछिपछि गएर संगठनमा सदस्यहरूको संख्या पनि बढ्दै गयो र यसका गतिविधि तथा लक्ष्यहरू पनि बढाइए । 

सन् २००२ को जुन महिनामा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित एक बैठकमा सदस्य राष्ट्रहरूले बडापत्रमा हस्ताक्षर गरेका थिए । 

भारत र पाकिस्तान सन् २०१७ मा यस संगठनका स्थायी सदस्य बनेका थिए । 

इरानले सन् २००६ र २०१५ मा गरी दुईपटक स्थायी सदस्यताका लागि निवेदन दिएको थियो । तर ताजिकिस्तान र उज्बेकिस्तानले विरोध गरेकाले इरान सदस्य बन्न पाएन । संगठनको स्थायी सदस्य बन्न सबै सदस्य मुलुकको स्वीकृति आवश्यक हुन्छ । 

इरानको सक्रिय उपस्थिति तथा पूर्व र पश्चिमबीचको सम्पर्क गराउने उसको भूमिकाका कारण चीनको रेशममार्ग परियोजनाका लागि इरान महत्त्वपूर्ण मुलुक हो । स्थल र जलमार्ग दुवैमा इरानको भूराजनीतिक अवस्थिति महत्त्वपूर्ण छ । 

salt training

कमेन्ट गर्नुहोस्