३१ असार २०८३, बुधबार

क्याटर पिलर फाउन्डेशनले नेपाललाई सहयोग गर्‍यो स्वास्थ्य सामाग्री

क्याटर पिलर फाउन्डेशनले नेपाललाई सहयोग गर्‍यो स्वास्थ्य सामाग्री

क्याटर पिलर आइएनसीको परोपकारी अंग क्याटर पिलर फाउन्डेशनले कोभिड–१९ को तीव्र संक्रमणसँग संघर्षरत मुलुकहरुलाई  क्रमिकरुपले आवश्यक राहत प्याकेज सहयोग दिने घोषणा गरेको   छ।

यस फाउन्डेशनले संसारभर छरिएका संस्थाहरु मार्फत कोभिड प्रभावित समुदायमा एक करोड २० लाख अमेरिकी डलरको राहत सहायता प्रदान गरिसकेको जनाएको छ । 

कोभिड –१९ बाट अति प्रभावित देशको सूचीमा रहेको नेपाललाई पनि आवश्यक राहत सहायता प्रदान गरिएको फाउन्डेशनले जनाएको छ । 

असिष्ट इन्टरनेशनलको सहकार्यमा फाउन्डेसनले नेपालको ग्रामिण र शहरी क्षेत्रमा रहेका ६ अस्पतालहरुलाई अत्यावश्यक  स्वास्थ्य सामग्री (अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, आइसीयु भेन्टिलेटर, प्यासेन्ट मनिटर, नेवुलाइजर) उपलब्ध गराएको छ ।

पोखरा एकेडेमी अफ हेल्थ साइन्सेस, रुपाकोट गाँउपालिका स्वास्थ्य केन्द्र, स्याङ्जा जिल्ला अस्पताल, संक्रामक तथा सरुवा रोग अस्पताल, शीर मेमोरियल अस्पताल बनेपा र कान्तिबाल अस्पताल, काठमाडौंलाई प्रदान गरिएको हो ।

अस्पतालहरुको छनोट गर्न ट्रयाक्टर्स नेपाल प्रालि (टिएनपिएल)ले सहयोग गरेको थियो । टिएनपिएल क्याटर पिलर आइएनसीको नेपालको डिलर कम्पनी हो ।

पोखरा एकेडेमी अफ हेल्थ साइन्सका निर्देशक प्रोफेसर डा.भरतबहादुर खत्रीले महामारीको समयमा स्वास्थ्य सामग्रीको अभाबसँग लडिरहेको अवस्थामा महत्वपूर्ण स्वास्थ्यसामग्री आँउदा कोभिडबाट ग्रसित स्थानीय समुदायको जीवनरक्षामा वरदान सावित भएको बताए।

‘फाउन्डेशनले अझै विकट ठाँउमा रहेका स्वास्थ्यकेन्द्र पहिचान गरी आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्ने अपेक्षा राखेको छु,’ उनले भने–,‘क्याटर पिलर र असिष्टहरु जस्तो संस्थाहरुको हातेमालो भएको भिडसँग लड्न सकिन्छ । यस्तो महामारीमा फाउन्डेशनको योगदान प्रति उच्च प्रशंसा गदर्छु ।’

क्याटर पिलर फाउन्डेशनका अध्यक्ष आशा वर्गिजले समुदायको सार्वजनिक स्वास्थ्या सुरक्षाको लागि कठिन परिस्थितिमा हिम्मतको साथ खटिने असिष्ट इन्टरनेशनलजस्ता धेरै गैरनाफामुखी संस्थाहरुलाई सहयोग गर्न पाँउदा गौरव महशुस भएको बताए।

salt training

कमेन्ट गर्नुहोस्