२१ असार २०८३, आइतबार

कुख्यात अपराधी चाल्र्स शोभराजको मुटुको अप्रेसन सफल

कात्तिक २०, २०७४
कुख्यात अपराधी चाल्र्स शोभराजको मुटुको अप्रेसन सफल
काठमाडौँ, ३० जेठ- कुख्यात अपराधी चाल्र्स शोभराजको मुटुको भल्भको अप्रेसन सफल भएको छ । बाँसबारीस्थित गंगालाल अस्पतालमा सोमबार बिहान उनको मुटुको भल्भ फेरिएको हो ।sovaraj

अप्रेसनका लागि शोभराज शुक्रबार गंगालाल अस्पतालमा भर्ना भएका थिए । डा.रामेश कोइराला नेतृत्वको टिमले उनको अप्रेसन गरेको हो । शोभराजको अप्रेसन सफल भएको र उनको स्वास्थ्यमा सुधार भइरहेको बताए । बेलुका अबेरसम्म शोभराजको होस आएको थियो । उनलाई आईसियूमा राखिएको छ, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्