०१ असार २०८३, सोमबार

सहकारीमार्फत गाउँगाउँमा विद्युत् राष्ट्रिय प्रसारण लाइन जडान

साउन ३०, २०७८
सहकारीमार्फत गाउँगाउँमा विद्युत् राष्ट्रिय प्रसारण लाइन जडान
प्रतिकात्मक तस्वीर

ताप्लेजुङमा विद्य्त् सहकारीमार्फत दुर्गम बस्तीसम्म राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ ।

गत आर्थिक वर्षसम्ममा घरधुरीका आधारमा ताप्लेजुङमा ६१.७६ प्रतिशत राष्ट्रिय प्रसारण लाइन पुगेको हो ।

जिल्लाका ९ स्थानीय तहमध्ये ६ गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रमुख प्राविधिक हेमन्त चौधरीले बताए ।

मैवाखोला गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगे पनि प्राविधिक कारणले घरमा जडान गर्न केही समय लाग्ने उनले जानकारी दिए ।

मिक्वाखोला गाउँपालिका वडा नम्बर १ र २ खोक्लिङसम्म राष्ट्रिय प्रसारण लाइन पुगेको र गाउँपालिका केन्द्रसम्म पुर्‍याउने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

फुङ्लिङ नगरपालिकाका ९४ प्रतिशत घरधुरी संख्यामा राष्ट्रिय प्रसारण लाइन पुगेको बताइएको छ । मेरिङदेन गाउँपालिकामा ६० प्रतिशत, मैवाखोला गाउँपालिका ४८ प्रतिशत र सिदिङवा गाउँपालिकामा २० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको प्राधिकरणले जनाएको छ । 

पाथीभरा याङवरक गाउँपालिकामा ९० प्रतिशत, सिरिजङ्गा गाउँपालिकामा ३० प्रतिशत र मिक्वाखोला गाउँपालिकामा २ प्रतिशत घरघुरीमा राष्ट्रिय प्रसारण लाइन पुगेको प्राधिकरणको तथ्यांकले जनाएको छ ।

आठराई त्रिवेणी गाउँपालिकामा ९२ प्रतिशत घरघुरी संख्यामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्