२० असार २०८३, शनिबार

माओवादीको निष्कर्षः प्रतिगमन फर्कने खतरा छ, वाम लोकतान्त्रिक सहकार्य कायमै राखौं

माओवादीको निष्कर्षः प्रतिगमन फर्कने खतरा छ, वाम लोकतान्त्रिक सहकार्य कायमै राखौं

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन फर्कने खतरा रहेको बताएका छन् । 

शनिवारबाट शुरू भएको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले प्रतिगमन फर्कने खतरा रहँदासम्म वाम लोकतान्त्रिक सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएका हुन् । 

‘प्रतिगमनप्रति अझै पनि सचेत हुनुपर्छ, प्रतिगमनको खतरा रहँदासम्म वाम लोकतान्त्रिक सहकार्य गरिनुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘फेरि यो कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी पुनर्गठन गरेर सबै शक्तिहरूलाई एकताबद्ध गरेर सामाजिक आर्थिक रुपान्तरणका काम अगाडि बढाउन ध्यान केन्द्रित गर्नुपर्छ ।’

बैठकमा प्रचण्डले तत्कालीन नेकपाका एक जना अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी कदम चालेर पार्टीलाई विभाजित गरेको र त्यसले कम्युनिष्ट आन्दोलनमा ठूलो नोक्सानी भएको बताए । 

‘नेकपा गठन गरेर नेकपाले जनादेश लिएर हामीले काम गर्ने पहलकदमीमा सही गरेका थियौं तर, तत्कालीन प्रधानमन्त्री ओलीले राष्ट्रपति समेतको सहयोगमा जुन प्रतिगामी कदम चालेर नेपाली कम्युनिष्ट पार्टीलाई विभाजित गर्ने काम गरे, त्यसले त्यो प्रक्रियामा निकै ठूलो नोक्सानी पुर्‍याएको छ,’ प्रचण्डले भने । 

salt training

कमेन्ट गर्नुहोस्