२१ जेठ २०८३, बिहीबार

१२२ सुरक्षाकर्मीको परीक्षण

१२२ सुरक्षाकर्मीको परीक्षण

जिल्ला प्रशासन कार्यालय र जिल्ला अस्पताल लमजुङको समन्वयमा जिल्ला प्रहरी कार्यालयले बेँसीशहरमा आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा १२२ जना सुरक्षाकर्मीको परीक्षण गरिएको छ ।

  शिविरमा ब्लडप्रेसर, सुगर, थाइराइड, भाइरल ज्वरो, रुघाखोकी, हाडजोर्नी दुख्ने समस्या, एचआइभीलगायतको जाँच गरिएको जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठले बताए ।

   उनका अनुसार परीक्षण गरिएका अधिकांश सुरक्षाकर्मीमा भाइरल ज्वरो र रुघाखोकीको देखिएका छन् । सो अवसरमा रु २० हजार मूल्य बराबरको ल्याब जाँच र औषधि वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्