०२ साउन २०८३, शनिबार

अनेरास्ववियू (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन असोजमा

अनेरास्ववियू (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन असोजमा

अनेरास्ववियू (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलन असोज ८, ९ र १० गते हुने भएको छ । 

अध्यक्ष रञ्जित तामाङको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको हो । 

यस्तै वर्तमान केन्द्रीय समितिलाई राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गरिएको छ । आयोजक समितिकै रुपमा सम्मेलनसम्म केन्द्रीय पदाधिकारी तथा अन्य सदस्यहरूको जिम्मेवारी यथावत् रहनेछ । 

बैठकले भदौ १५ सम्म इकाइ, क्याम्पस, पालिका भेला/सम्मेलन, भदौ २५ सम्म जिल्लाहरुको भेला/सम्मेलन, भदौ २५ देखि असोज १ सम्म प्रदेशको भेला/सम्मेलन गरिसक्ने निर्णय गरेको छ । 

यस्तै सबै तहका भेला/सम्मेलनहरू सहमतिका आधारमा गरिने, संगठनको विधानलाई थप व्यवस्थित गर्न भर्चुअल माध्यमबाट विधान सम्मेलन गरिने अनेरास्ववियू (क्रान्तिकारी)ले जनाएको छ । 

सम्मेलनका लागि विभिन्न समिति, उपसमितिहरूसमेत गठन गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्