०७ साउन २०८३, बिहीबार

माओवादीका ‘होलटाइमर’लाई पार्टीले खर्च दिने

माओवादीका ‘होलटाइमर’लाई पार्टीले खर्च दिने

नेकपा माओवादी केन्द्रले पूर्णकालीन सदस्य र पदाधिकारीको निर्वाह खर्चको व्यवस्था पार्टीले गर्ने प्रस्ताव गरेको छ । 

केन्द्रीय कमिटीमा पेश गरिएको अन्तरिम विधान प्रस्तावमा पूर्णकालीन पदाधिकारी र सदस्यको खर्च पार्टीले व्यहोर्ने उल्लेख छ । 

‘परिभाषित जिम्मेवारीसहित पूर्ण समय पार्टी काममा लगाउने व्यक्तिलाई सम्बन्धित पार्टी समितिले निर्वाह खर्चको व्यवस्था गर्नेछ,’ अन्तरिम विधानको धारा ६६ मा उल्लेख छ । 

माओवादीमा भूमिगत समयमा पूर्णकालीन (होलटाइमर) लाई खर्च दिने गरेको थियो । पार्टीको विशेष काममा खटाउँदाको खर्च पनि पार्टीले व्यहोर्ने प्रस्ताव गरिएको छ ।

अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने विधान संशोधन प्रस्तावमा उल्लेख छ । 

शनिवार काठमाडौंमा शुरू भई आइतवार जारी बैठकले यो विधान पारित गर्ने सम्भावना छ । महाधिवेशनले अनुमोदन गरेपछि मात्र यो व्यवस्था कार्यान्वयनमा आउने छ । 

salt training

कमेन्ट गर्नुहोस्