
भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् ।
मोदीलाई मेन्सन गर्दै सामाजिक सञ्जाल ट्वीटरमार्फत् देउवाले बधाई तथा शुभकामना दिएका हुन् । ‘७५ औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, भारत सरकार र उत्तरोत्तर प्रगती र समृद्धिको लागि शुभकामना,’ देउवाले लेखेका छन् ।
भारतले विभिन्न कार्यक्रम गरी आइतवार स्वतन्त्रता दिवस मनाउँदैछ । दिवसको अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले पनि विभिन्न कार्यक्रम आयोजना गरेको छ ।