२९ असार २०८३, सोमबार

नेपालमा काम गर्न आएका भारतीय मजदुरको करेन्ट लागेर मृत्यु

कात्तिक २०, २०७४
नेपालमा काम गर्न आएका भारतीय मजदुरको करेन्ट लागेर मृत्यु

कलैया, ३० जेठ– कुखुराको दाना बनाउने उद्योगमा काम गर्ने भारतीय मजदुरको आइतबार करेन्ट लागी घटनास्थलमा मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।

बारा जिल्ला सिमरा–जितपर उपमहानगरपालिका–८ स्थित कुखुरा दाना उद्योगमा मजदुरलाई खाना बनाउने ३५ वर्षीय दशरथप्रसाद यादवको खाना बनाउन पानी लिन जाँदा विद्युतीय तारमा अल्झी करेन्ट लागी घटनास्थलमै मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट ट्र्याक्टर चालकको मृत्यु

यसैबीच, पूर्व–पश्चिम महेन्द्र राजमार्गको १२ किमी भन्ने ठाउँमा आइतबार ट्रकले ट्र्याक्टरलाई ठक्कर दिँदा ट्र्याक्टर चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ५८८२ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको ज १ त ५२३९ नम्बरको ट्र्याक्टरलाई १२ किमी भन्ने ठाउँमा ठक्कर दिँदा ट्याक्टर चालक सर्लाही–बस्ने ३५ वर्षीय भोजेन्द्र साहको घटनास्थलमा नै मृत्यु भएको छ ।

सो घटनाका ट्र्याक्टरका सहचालक सोही ठाउँ बस्ने ३४ वर्षीय राजकिशोर साह गम्भीर घाइते भई उपचारका लागि वीरगन्ज अस्पताल लगिएको छ ।

ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्