२४ असार २०८३, बुधबार

लाङटाङ घुमेर फर्कँदै गर्दा ढुंगा लागेर पदयात्रीको मृत्यु

साउन ३१, २०७८
लाङटाङ घुमेर फर्कँदै गर्दा ढुंगा लागेर पदयात्रीको मृत्यु

पर्यटकीय क्षेत्र लाङटाङको भ्रमण सम्पन्न गरी काठमाडौं फर्कने क्रममा ढुंगा लागेर एक पदयात्रीको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मृत्यु हुनेमा धादिङ घर भई भक्तपुरस्थित काँडाघारीको न्यू स्टारपोल इङ्लिस बोर्डिङमा कार्यरत ४५ वर्षका शिक्षक राजु लामा रहेका छन् । 

उनको मृत्यु दोभेन र रिम्चेबीच बम्बो इलाका क्षेत्रमा भएको थियो । भ्रमण सम्पन्न गरी लाङ्टाङ्बाट स्याफ्रुबेँसीतर्फ फर्किंदै गर्दा एक्कासि भीरबाट खसेको ढुंगाले शरीरमा चोट लागेका लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए । 

यही साउन २६ गते घुमफिरका लागि सेर्पागाउँको पदमार्ग हुँदै उहाँसहित अन्य तीन साथी लाङ्टाङ्तर्फ गएका थिए । फर्कने क्रममा खोला किनारको बाटो हुँदै फर्किरहेको अवस्थामा घटना भएको हो । 

शवलाई नेपाल प्रहरीले घटनास्थलबाट रिम्चे पुर्‍याएको र स्याफ्रुबेँसी झार्नका लागि नेपाली सेना पठाइसकिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार उद्धारकर्मी सुरक्षा अंगले आज साँझसम्म धुञ्चे पुर्‍याउने छन् । 

salt training

कमेन्ट गर्नुहोस्