०६ असार २०८३, शनिबार

ब्राउन सुगरसहित ६ जना पक्राउ

भदौ २, २०७८
ब्राउन सुगरसहित ६ जना पक्राउ
प्रतिकात्मक तस्वीर

झापाको बिर्तामोड नगरपालिकाका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् । 

बिर्तामोड–१ स्थित चारपानेबाट २ युवती, बिर्तामोड–५ जात्रुबाडीबाट २ युवा र बिर्तामोड–५ नयाँबसपार्कस्थित मिलनचोकबाट २ युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ ५ बजे बिर्तामोड–१ स्थित चारपानेबाट सोही स्थानकी देवी तामाङ र बिर्तामोड–५ की २१ वर्षीया सीता खतिवडालाई ४ ग्राम ४५ मिलीग्राम ब्राउनसुगर, नगद, ब्राउनसुगर नाप्ने डिजिटल तराजु र २ थान मोबाइलसहित पक्राउ गरेको उनले बताए ।
 
उनका अनुसार मंगलवार साँझ ४ बजे बिर्तामोड–५ स्थित जात्रुबारीबाट सोही स्थानका २० वर्षीय रतन राजवंशी र २४ वर्षीय सुरज चौधरीलाई तीन ग्राम ३० मिलीग्राम ब्राउनसुगर र नगदसहित पक्राउ गरेको छ भने बिर्तामोड–५ नयाँ बसपार्कस्थित मिलनचोकबाट अर्जुनधारा–५ का २७ वर्षीय मनोज चौधरी र बिर्तामोड–५ का २३ वर्षीय सुमन तामाङलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो । 

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र अस्थायी प्रहरी चौकी नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर र उनीहरूले प्रयोग गरेको मे२प ८६८६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

पक्राउ परेका ६ जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्