२५ असार २०८३, बिहीबार
विभाजनको मुखमा एमाले

अध्यादेश जारी भएसँगै नयाँ दल दर्ताको तयारीमा माधव नेपाल समूह, निर्वाचन आयोग जाने

अध्यादेश जारी भएसँगै नयाँ दल दर्ताको तयारीमा माधव नेपाल समूह, निर्वाचन आयोग जाने

पार्टी विभाजनका लागि खुकुलो प्रावधानसहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ दल दर्ताको गृहकार्य शुरू गरेको छ । 

आजै निर्वाचन आयोग जाने तयारी भएको नेपालपक्षीय एक नेताले जानकारी दिए । 

दल दर्ताको तयारीका लागि नेपाल पक्षका केन्द्रीय कमिटी सदस्य र सांसदहरू नयाँबानेश्वरस्थित अर्याल होटलमा भेला भएका छन् ।

दल दर्ताका लागि केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले हस्ताक्षर संकलनको काम गरेका छन् । 

आफूपक्षीय जनवर्गीय संगठनलाई मंगलवार सम्बोधन गर्दै नेता नेपालले पार्टी पुनर्गठनको अन्तिम तयारीमा पुगेको बताएका थिए । 

पार्टी विभाजनका लागि नेपाल पक्षका ४ जना स्थायी कमिटी सदस्य मात्र तयार भएका छन् । 

नेता नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने र बेदुराम भुसालले मात्र नयाँ दलको पक्षमा हस्ताक्षर गरेका स्रोतले बतायो । 

यसअघि नेपालको पक्षमा १२ जना स्थायी कमिटी सदस्य थिए । 

विगतमा नेपालनिकट मानिएका उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र नेता रघु पन्त लगायतले पार्टी विभाजनमा सहयोग नगर्ने बताएका छन् ।

नेपाल पक्षले नयाँ पार्टीमा उपाध्यक्ष वामदेव गौतम पनि आउने दाबी गरेको छ । माधव नेपालले पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने तयारी भएको स्रोतको दाबी छ ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्