२५ जेठ २०८३, सोमबार
विभाजनलाई औपचारिकता दिने प्रयास

एमाले विभाजनका लागि हस्ताक्षर संकलन, माधव नेपालको नेतृत्वमा नयाँ दल दर्ता गरिने

एमाले विभाजनका लागि हस्ताक्षर संकलन, माधव नेपालको नेतृत्वमा नयाँ दल दर्ता गरिने

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमाले औपचारिक रूपमा विभाजनतर्फ अग्रसर भएको छ ।

एमालेको माधव नेपाल पक्षका नेताहरू बानेश्वरस्थित अर्याल होटलमा भेला भएर नयाँ दल दर्ताका लागि हस्ताक्षर संकलन गरिरहेका छन् ।

नेता माधव नेपाल पनि हलमा उपस्थित छन् । नेपालकै नेतृत्वमा नयाँ दल दर्ताको तयारी भएको हो ।

आफूपक्षीय जनवर्गीय संगठनलाई मंगलवार सम्बोधन गर्दै नेता नेपालले पार्टी पुनर्गठनको अन्तिम तयारीमा पुगेको बताएका थिए । 

पार्टी विभाजनका लागि नेपाल पक्षका ४ जना स्थायी कमिटी सदस्य मात्र तयार भएका छन् । 

नेता नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने र बेदुराम भुसालले मात्र नयाँ दलको पक्षमा हस्ताक्षर गरेका स्रोतले बतायो । 

यसअघि नेपालको पक्षमा १२ जना स्थायी कमिटी सदस्य थिए । 

विगतमा नेपालनिकट मानिएका उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र नेता रघु पन्त लगायतले पार्टी विभाजनमा सहयोग नगर्ने बताएका छन् ।

नेपाल पक्षले नयाँ पार्टीमा उपाध्यक्ष वामदेव गौतम पनि आउने दाबी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्