२३ जेठ २०८३, शनिबार

ट्राफिक व्यवस्थापनमा सभ्य व्यवहार प्रदर्शन गर्न आईजीपी थापाको निर्देशन

ट्राफिक व्यवस्थापनमा सभ्य व्यवहार प्रदर्शन गर्न आईजीपी थापाको निर्देशन

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीहरूले शिष्ट, सभ्य व्यवहार तथा आचरणमा व्यावसायिकता प्रदर्शन गर्दै पूर्ण पेशागत निष्ठाका साथ ट्राफिक व्यवस्थापनमा लाग्न जरुरी रहेको बताएका छन् । 

प्रहरी प्रधान कार्यालयबाट बुधवार भिडियो कन्फ्रेन्सद्वारा महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा मातहत कार्यालयका प्रमुखहरू, सबै प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूलाई ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण लक्षित विषयमा निर्देशन सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । 

ट्राफिक व्यवस्थापनमा प्रविधिलाई जोड दिन जरुरी रहेको बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सडक सुरक्षा, सडक दुर्घटना न्यूनीकरणका लागि मौलिक योजना तथा रणनीति तयार गरी अगाडि बढ्नसमेत निर्देशन दिए । 

ड्युटी गर्ने सिलसिलामा आफ्नो ज्यानको बारेमा सजग हुन आग्रह गर्दै कार्यालय तथा सडकमा सम्पर्कमा आउने सेवाग्राहीहरूलाई प्रदान गरिने सेवा प्रवाहमा समानता र सेवाग्राहीमैत्री व्यवहार कायम गर्नुका साथै आर्थिक पारदर्शिता तथा शून्य सहनशीलता नीति अनुरुप कार्य सम्पादन गर्न उनले निर्देशन दिए । 

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले परिस्थितिको मूल्याङ्कन गरी स्वविवेकको प्रयोग गर्नुका साथै कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै आफ्नो र मातहत कर्मचारीहरूको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सावधानी अपनाई जिम्मेवारी वहन गर्नुपर्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्